२०८२ माघ १० गते शनिवार
सोमबारको प्रि ओपन सेसनमा नेप्से ८.७८ अंकले बढेको छ। आइतबार ७१.२० अंक बढेर २५९१.४२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ८.७८ अंक बढेर २६००.२१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७५ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा २४ कम्पनीको ३२ लाख ८८ हजार २७८ रुपैयाँ ६० पैसा बराबरको ५ हजार ५६ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयरमूल्य बढेको छ। एउटा कम्पनीको सेयरमूल्य घटेको छ भने एउटाको सेयर मूल्य स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij