२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ४ गतेदेखि लिलामीमा ल्याएको ३ हजार ५०० कित्ता संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने अवधि सात दिन थप भएको छ ।
कम्पनीले पुस ११ गतेसम्म उक्त शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको थियो । उक्त अवधि थप गरी कम्पनीले पुस १८ गतेसम्म कायम गरेको हो । यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगाएत अन्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ७३५ तोकिएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij