Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु


  • 5.0K
    Shares

    ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु
    images

    काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, केशरीमार्गमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    मलंगवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा गए राति सवा १० बजे उनको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुन सकेको छैन । गए राति करिब ९ बजे ना४३प ५०१८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा सरकारी नम्बरको ट्रकमा ठोक्किएको थियो ।

    मोटरसाइकल चालकको मृत्यु
    पाल्पाको तिनाउ गाउँपालिका–३, अर्घाछापमा नम्बर खुल्न नसकेको सवारीसाधनको ठक्करबाट लु४९प २०७७ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमाका ३८ वर्षीय टीका रानाको मृत्यु भएको हो ।

    लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा रानाको हिजो बेलुका सवा ८ बजे मृत्यु भएको जनाइएको छ । हिजो साँझ करिब पौने ७ बजे सवारीसाधनले ठक्कर दिएको थियो ।

    प्रकाशित मिति :पौष १२ २०७८ सोमवार - १०:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij