मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर कारोबार आइतबारदेखि खुला भएको छ । मध्य भोटेकोशीको पहिलो कारोबार प्रतिकित्ता १०० रुपैयाँमा खुला भएको हो ।
कारोबार खुला भएकै दिन यस कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । आइतबार ११ः२२ बजेसम्ममा यसको भाउ १०% ले बढेर प्रतिकित्ता ११० रुपैयाँ पुगेको छ ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ९४ रुपैयाँ ३९ पैसादेखि अधिकतम २८३ रुपैयाँ १७ पैसा तोकेको थियो । सोही रेन्जभित्र रहेर पहिलो कारोबार भएको हो । ‘एमबीजेसी’ संकेतमा यसको कारोबार सुरु भएको हो ।
मध्य भोटेकोशी बिहीबार (पुस ८ गते) नेप्सेमा सूचीकरण भएको हो । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ ।