Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच अर्ब घट्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच अर्ब घट्यो


  • 4.9K
    Shares

    बैंक तथा वित्तीय संस्थाको निक्षेप पाँच अर्ब घट्यो

    काठमाडौं । मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ । 

    नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो साताको तुलामा पाँच अर्ब निक्षेप घटेको हो । गत सातासम्म बैंकहरूमा ४८ खर्ब १३ अर्ब निक्षेप रहेको थियो । 

    वाणिज्य बैंकहरूबाट चार अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरूबाट एक अर्ब निक्षेप घटेको छ । बिहीबारसम्म बाणिज्य बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब, विकास बैंक तथा वित्तीय संस्थाहरूमा पाँच खर्ब ७० अर्ब निक्षेप रहेको छ । 

    निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि खुम्चिएको छ । बिहीबारसम्म कुल लगानी एक अर्ब घटेर ४६ खर्ब चार अर्बमा झरेको छ । 

    निक्षेप संकलन घटेपछि बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेर ९१ दशमलव २१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :पौष ११ २०७८ आइतवार - ११:३५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij