Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : प्रधानमन्त्री नरेन्द्र मोदी

भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिन्छौँ : प्रधानमन्त्री नरेन्द्र मोदी


  • 4.9K
    Shares

    भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज  दिन्छौँ : प्रधानमन्त्री नरेन्द्र मोदी
    images

    नयाँ दिल्ली । भारतमा ६० वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने भएको छ । सरकारले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

    ‘सरकारले स्वास्थ्य कार्यकर्ता र कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका सबै व्यक्तिलाई बुस्टर डोज दिनेछ,’ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भने । त्यस्तै, १५ वर्षदेखि १८ वर्षसम्मका व्यक्तिलाई पनि जनवरीको पहिलो सातादेखि खोप दिइने भएको छ ।

    ‘कोरोनाभाइरस हराएको छैन । अहिले ओमिक्रोनको नयाँ संक्रमण बढेको छ । क्रिसमस र पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको जन्मदिनको अवसरमा कोभिडबारे नयाँ घोषणा गरेका छौं,’ प्रधानमन्त्री मोदीले भने ।

    बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदा महामारीविरुद्धको लडाई सशक्त हुने र विद्यालयमा अध्ययन अध्यापनको वातावरणासमेत सहज हुने उनले बताए ।

    अहिलेसम्म भारतमा ६१ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो डोज लगाएका छन् ।

     
     

    प्रकाशित मिति :पौष ११ २०७८ आइतवार - १०:५८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij