२०८२ मंसिर ७ गते आइतवार
जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न कार्यक्रकमा लागि प्राध्यापक र सह–प्राध्यापकको माग गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी ५ प्राध्यापक र ९ सह–प्राध्यापकका लागि आवेदन खुलाइको ।
रेडियोलोजी, गाइनोलोजी, मेडिसिन लगायत विषयका लागि प्राध्यापक माग गरिएको छ । त्यसैगरी अर्थाेपेडिक, सर्जरी, मेडिसिनल गाइनोलोजी लगायतका विषयमा सह–प्राध्यापकका लागि आवेदन खुल्ला गरिएको छ ।
योग्यता पुगेकाले पुस २५ गतेसम्म आवेदन दिनसक्ने प्रतिष्ठानले सूचनामा भनेको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij