Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

नियमित साइकल कुदाउने हुन्छन् धेरै फाइदाहरु

नियमित साइकल कुदाउने हुन्छन् धेरै फाइदाहरु


  • 5.3K
    Shares

    नियमित साइकल कुदाउने हुन्छन् धेरै फाइदाहरु
    images

    साइकल कुदाउनु आजकल बाध्यता भन्दा धेरैको रहर मात्र हुने गरेको छ । सहरी क्षेत्रमा बालबालिकालाई खेल्न साइकल किनिदिने चलन छ भने तराईमा अझै साइकल चढ्नेको संख्या धेरै छ । साइकल कुदाउँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्दछ ।

    जुनसुकै उमेरका व्यक्तिले पनि साइकल चलाउन सक्छन् । अन्य व्यक्तिको तुलनामा दैनिक २० मिनेट साइकल चलाउने व्यक्ति स्वस्थ हुने चिकित्सक बताउँछन् ।

    यी हुन् नियमित साइकल कुदाउँदा हुने फाइदाहरू :

    क) दैनिक साइकल कुदाउँदा रगतमा अक्सिजनको मात्रा आपूर्ति हुन्छ र रक्त सञ्चारमा सुधार आउँछ । यसले गर्दा रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

    ख) नियमित साइक्लिङ गर्दा मांसपेशीहरू बलिया हुन्छन् । साइकल चलाउँदा ढाड र गर्धनको दुखाईबाटसमेत राहत मिल्ने गर्छ ।

    ग) दैनिक करिब २० मिनेट साइक्लिङ गर्दा शरीरमा हजारौँ संख्यामा क्यालोरी खपत हुने भएकाले केही हदसम्म यसले मानिसलाई दुब्लो बनाउन मद्दत गर्दछ ।

    घ) नियमित साइकल कुदाउँदा स्तन र मलद्वारको क्यान्सरको जोखिम कम हुने गर्दछ ।

    ङ) दैनिक ३० मिनेट साइक्लिङ गर्नेहरूमा ४० प्रतिशतसम्म मधुमेह हुने खतरा कम हुन्छ ।

    च) मानसिक स्वास्थ्य, तनाव, चिन्ता, डिप्रेसन, उदासीनतालाई नियमित साइक्लिङ गरेर कम गर्न सकिन्छ ।

     
     

    प्रकाशित मिति :पौष १० २०७८ शनिवार - ११:०२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij