२०८२ मंसिर ७ गते आइतवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा. महाश्रम शमालाई नियुक्त गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षाविद् तथा पुर्व सचिव शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो । सूचीकृत उम्मेदवारको अवधारणापत्र र कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा शर्मालाई नियुक्त गरिएको हो ।
विद्यालय निरीक्षकबाट २०४२ मा निजामती सेवामा प्रवेश गरेका शर्मा २०७२ सालमा नेपाल सरकारका सचिव भएका थिए । साविबको शिक्षा विभागको महानिर्देशक भएका उनी २०७४ सालमा नागरिक लगानी कोषका अध्यक्ष भएका थिए । नेपालको सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापन अभ्यास विषयमा विद्यावारिधि हासिल गरेका छन् ।
बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा.चन्द्रमणी पौडेलको कार्यकाल गत असोज २४ गते सकिएपछि अध्यक्षको नाम सिफारिस गर्नका लागि लोकसेवा आयोगको अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा शिक्षामन्त्री देवेन्द्र पौडेलले गत कात्तिक १० गते सिफारिस समित गठन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij