Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बैंकहरुको निक्षेप एकैदिन रु. ५ अर्बले घट्यो, सीडी रेसियो बढ्यो

बैंकहरुको निक्षेप एकैदिन रु. ५ अर्बले घट्यो, सीडी रेसियो बढ्यो


  • 7.8K
    Shares

    बैंकहरुको निक्षेप एकैदिन रु. ५ अर्बले घट्यो, सीडी रेसियो बढ्यो

    बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरु निक्षेप पुस ७ गते एकैदिन ५ अर्ब रुपैयाँले घटेको हो।

    योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ। गत पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो।

    यसैगरी पुस ७ गते वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ४ अर्ब रुपैयाँले घटेको छ। गत पुस ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा मंसिर ७ गते घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ। 

    बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेको छ। गत पुस ६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ५ अर्ब रुपैयाँ रहेकोमा पुस ७ गते घटेर ४६ खर्ब ४ अर्ब रुपैयाँमा झरेको छ। 

    वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४० खर्ब ८८ अर्ब रुपैयाँबाट घटेर ४० खर्ब ८७ अर्ब रुपैयाँमा झरेको छ। 

    पुस ७ गते भने बैंकहरुको औसत सीडी रेसियो बढेर ९१.२१ प्रतिशत पुगेको छ। गत पुस ६ गतेसम्म सीडी रेसियो ९१.१४ प्रतिशत रहेको थियो।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १४:०६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij