Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

१३ वटा जलविद्युत कम्पनीको लाभांश सार्वजनिक, कुन कम्पनीको कति ?

१३ वटा जलविद्युत कम्पनीको लाभांश सार्वजनिक, कुन कम्पनीको कति ?


  • 7.3K
    Shares

    १३  वटा जलविद्युत कम्पनीको लाभांश सार्वजनिक, कुन कम्पनीको कति ?
    images

    विगतको नाफाबाट यसपालि १३ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ९ कम्पनीको ‘बुक क्लोज’ भइसकेको छ ।

    अर्थात यी कम्पनीको सेयर अब खरिद गर्नेले लाभांश पाउने छैनन् । बाँकीमध्ये बुटवल पावरको आइतबार बुक क्लोज मिति छ । सो कम्पनीको पनि अब सेयर किन्नेले लाभांश पाउने छैनन् । 

    चिलिमे हाइड्रोपावरको आगामी बिहीबार, नेपाल हाइड्रो डेभलपरको मंगलबार र कालिका पावरको पुस १९ गते बुक क्लोज मिति तय भएको छ । जलविद्युत कम्पनीमा यस वर्ष ङादी ग्रुप पावरले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    बुटवल पावरले १० प्रतिशत नगद र १० प्रतिशत बोनस गरी २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै चिलिमे हाइड्रोपावरले साढे ७ प्रतिशत नगद र त्यति नै बोनस सेयरसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यी दुबै कम्पनीको लाभांश गत वर्षको तुलनामा घटेको छ ।

    गत वर्ष बुटवल पावरले १५ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी २५ प्रतिशत लाभांश घोषणा गरेको थियो । त्यस्तै चिलिमेले १० प्रतिशत नगद र त्यति नै बोनस गरी २० प्रतिशत लाभांश घोषणा गरेको थियो ।

    कुन कम्पनीले कति घोषणा गरे लाभांश ?

    कम्पनी

    बोनस सेयर

    नगद लाभांश

    कुल लाभांश

    ङादी पावर

    २०

    १.०५

    २१.०५

    बुटवल पावर

    १०

    १०

    २०

    अरुण काबेली

    १७

    ०.८९

    १७.८९

    कालिका पावर

    १५

    ०.७८

    १५.७८

    चिलिमे

    ७.५

    ७.५

    १५

    रैराङ

    १२.६

    १२.६

    रिडी

    १२.६

    १२.६

    अपि पावर

    १०.५

    ०.५५

    ११.०५

    सानिमा माइ

    १०

    ०.५२

    १०.५२

    रुरु जलविद्युत

    १०

    ०.५२

    १०.५२

    सिनर्जी पावर

    १०

    ०.५२

    १०.५२

    अरुण भ्याली

    १०

    ०.५२

    १०.५२

    नेपाल हाइड्रो

    ०.३६

    ७.३६

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १३:२४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij