Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

बंगलादेशमा बिहानै तैरिरहेको डुंगामा आगलागी हुँदा ३६ जनाको मृत्यु

बंगलादेशमा बिहानै तैरिरहेको डुंगामा आगलागी हुँदा ३६ जनाको मृत्यु


  • 4.3K
    Shares

    बंगलादेशमा बिहानै तैरिरहेको डुंगामा आगलागी हुँदा ३६ जनाको मृत्यु
    images

    बंगलादेश। बंगलादेश शुक्रबार बिहान एउटा फेरिमा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

    समाचार संस्था एएफपीका अनुसार राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा स्थानीय समयअनुसार बिहान तीन बजे उक्त आगलागी भएको हो।

    तीन तले फेरिमा झन्डै पाँच सय मानिस सवार थिए। तीमध्ये धेरैजसो ढाकाबाट आफ्नो गाउँ फर्किँदै थिए।

    फेरिको इन्जिनबाट आगलागी सुरू भएको बताइएको छ। फेरिमा आगो लागेपछि केही यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका थिए। आगोले जलेका झन्डै १०० जनालाई उपचारका लागि अस्पताल लगिएको छ। केही मानिसहरू अझै हराइरहेका छन्।

    बंगालको खाडीमा मिसिने धेरै नदीहरू बंगलादेश भएर जान्छन्। धेरै नदीहरू भएकाले बंगलादेशमा फेरि यातायातको प्रमुख माध्यम हो। सुरक्षा मापदण्डको पालनामा कडाइ नहुँदा दुर्घटना हुने गरेका छन्।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - ११:३५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij