Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जाडो समय युरिक एसिड (Uric Acid) बढ्न सक्छ । के हो युरिक एसिड ? यसलाई कसरी नियन्त्रण गर्ने ? (भिडियोसहित)

जाडो समय युरिक एसिड (Uric Acid) बढ्न सक्छ । के हो युरिक एसिड ? यसलाई कसरी नियन्त्रण गर्ने ? (भिडियोसहित)


  • 12.2K
    Shares

    जाडो समय युरिक एसिड (Uric Acid) बढ्न सक्छ । के हो युरिक एसिड ? यसलाई कसरी नियन्त्रण गर्ने ? (भिडियोसहित)

    युरिक एसिड पनि चिसो मौसममा प्रकोपित रोग हो । जोर्नी दुख्ने र पैताला पोल्ने जस्ता लक्षणहरुबाट सुरु हुने भएता पनि यो एउटा उपापचयी (मेटाबोलिक) रोग हो ।

    शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।

    जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

    युरिक एसिड भएमा शरीरको साना–साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपाईको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स–साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

    कसरी नियन्त्रण गर्ने ?

    – पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

    – हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन९सि लिनुहोस् ।

    – नियमित व्यायाम गर्नुपर्छ ।

    के छ उपचार ?

    युरिक एसिडको समस्या एउटा जटिल र दिर्घकालिन रोग भएकाले अवस्था हेरी औषधोपचार र योग एवं प्राकृतिक चिकित्साद्वारा उपचार गर्नुुपर्ने हुुन्छ । युरिक एसिडको रक्त स्तर अनियन्त्रित भए औषधि सेवन गरेर भएपनि नियन्त्रणमा राख्नु पर्ने हुन्छ ।

    औषधोपचारमा एलोपेथी, आर्युवेद, होमियोपेथी, युुनानी र सिद्घ जस्ता चिकित्सा पद्घतिका उपचारहरुको आफ्नै महत्व छ भने औषधि विहिन योग, प्रकृतिक चिकित्सा, स्वास्थ वृतको अभ्यास र पथ–पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि युरिक एसिडको वृद्घि नियन्त्रणमा अत्यन्त ठूूलो टेवा पुर्याउँछ ।

    के नखाने ?

    – दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिकएसिड बन्छ ।

    -सागसब्जीमा कुरिलो, फूलगोभी, बन्दा, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।

    -युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।

    -कोकाकोला , पेप्सी, स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ । मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूक्टोज पाइन्छ ।

    – तामा , गुन्द्रुक सिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन ।

     

     

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १३:२०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij