Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी


  • 3.4K
    Shares

    नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी
    images

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । शेरबहादुर देउवा पक्षका यादव ९९६ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

    प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरेका छन् । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो ।

    सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् । 

    उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिए । ६७ पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १०:५१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij