Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारीमा छौं : शिक्षामन्त्री पौडेल

संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारीमा छौं : शिक्षामन्त्री पौडेल


  • 5.0K
    Shares

    संघीय  शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारीमा छौं : शिक्षामन्त्री पौडेल
    images

    काठमाडौं । शिक्षा विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन फास्ट ट्रयाकबाट ल्याउने तयारीमा रहेको बताएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बैठकमा मन्त्रीपौडेलले शिक्षा सम्बन्धी छिटो भन्दा छिटो संघीय ऐन संसद्मा लैजाने तयारी गरिएको बताए । 

    ‘होहल्ला गर्ने विधि भन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारीमा छौं, उनले भने , ‘यसका लागि समितिका सदस्यहरुले सहयोग गर्नुपर्छ ।’बैठकमा संघीय शिक्षा ऐन, प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन र उच्चशिक्षा ऐनको बारेमा बोल्दै उनले –‘लामो समयदेखि यी ऐनहरू रोकिएकाले माध्यमिक, प्राविधिक तथा उच्च शिक्षामा असर परिरहेको छ । यी ऐनका मस्यौदा तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । फास्ट ट्रयाकबाट भएपनि ल्याउँछौँ ।’

    पूर्व शिक्षामन्त्रीहरुले गरेको कामलाई निरन्तरता दिँदै संघीय शिक्षा ऐनका विषयमा सरोकारवाला पक्षहरुसँग छलफल भइरहेको जानकारी दिए ।‘कसैको प्रेसरले हँदैन,’उनले भने,‘ सम्बन्धित सरोकारवाला पक्ष र विज्ञका कुराबाहेक अन्य व्यक्तिको प्रेसर स्वीकार्य छैन ।’ स्थानीय र प्रदेश सरकारलाई संघीय सरकारको काम कतव्र्य प्रत्यायोजनको चरणमा रहेकाले धेरै कुराहरु संघीय शिक्षा ऐनले सम्बोधन गर्ने बताए ।

    इसिडिका शिक्षकको विषयमा स्थानीय तहलाई पारिश्रमिक दिन मन्त्रालयले सर्कुलर गरेको बताउँदै यसलाई थप बलियो बनाउन ऐनमा समावेश गर्ने मन्त्रीपौडेलको भनाइ छ ।बिसौं वर्ष देखिका समस्या रहेको भन्दै ती समस्या समाधानगर्न सबैभन्दा ठूलो ऐन नै रहेको बताए ।

    त्यसैगरी पौडेलले शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्ले पास गरेको बताउँदै शिक्षकहरुको आन्तरिक बढुवाको काम शुरु भएको पनि जानकारी दिए ।बैठकमा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्लानिङ कमिसनले तयार पारेको १५ औं योजना र उच्चस्तरीय आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

    उनले विभिन्न कलेजले विद्यार्थीबाट मापदण्ड विपरित पैसा उठाइरहेको भन्दै यसमा अनुगमन गरी कारबाहीगर्न ध्यानाकषर्ण गराए । यस्तै, खगराज अधिकारीले विद्यार्थीका अभिभावकहरुको दायित्वको विषयमा पनि कानुनमा व्यवस्था गरिनुपर्ने सुझाव दिए ।
    जनशक्ति कस्ले उत्पादन र कति उत्पादन गर्ने हो भन्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल गर्न मन्त्रालयलाई सुझावदिए ।

    यस्तै,अञ्जना विसुङखेले नेपालमा भएका परम्परागत शिक्षालाई प्रविधिसँग जोड्दै इन्टरनेटको मूल्य बढी भएकोमा ध्यानाकर्षण गराइन् । सदस्य एकपाल मियाँले संघीय शिक्षा ऐन आउने कहिले हो भन्दै प्रश्न गर्नुभयो ।

    ‘संघीय शिक्षा ऐन आउँछ भनेको दुई वर्षभयो,’ उहाँले भन्नुभयो, ‘अब कहिले आउने हो समय तोकिन पर्यो ।’ समितिकी सदस्य विद्या भट्टराईले प्राविधिकधार (९–१०) लाई व्यवस्थित गरी प्रभावकारी दिन नसकेको बताउँदै पूर्वाधार निर्माणका लागि ऐन आवश्यक पर्ने बताइन ।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १०:१८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij