Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

५ दिनमा बैंकहरुको निक्षेप ७ अर्बले बढ्यो, कस्तो छ सीडी रेसियोको अवस्था ?

५ दिनमा बैंकहरुको निक्षेप ७ अर्बले बढ्यो, कस्तो छ सीडी रेसियोको अवस्था ?


  • 7.8K
    Shares

    ५ दिनमा बैंकहरुको निक्षेप ७ अर्बले बढ्यो, कस्तो छ सीडी रेसियोको अवस्था ?

    पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप थप ७ अर्ब रुपैयाँले बढेको छ। 

    नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत पुस १ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको हो। 

    यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप थप ८ अर्ब रुपैयाँले बढेको छ। गत पुस १ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा बढेर ४२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। 

    यस अवधिमा बैंक तथा वित्तीयको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत पुस १ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब २ अर्ब रुपैयाँ रहेको थियो। पुस ६ गतेसम्म ४६ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।

    यसैगरी पुस ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। गत पुस १ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

    बैंकहरुको औसत सीडी रेसियो भने पुस ६ गतेसम्म ९१.१४ प्रतिशत नै रहेको छ। गत पुस १ गतेसम्म औसत सीडी रेसियो ९१.१४ प्रतिशत नै थियो। 

    पुस ६ गतेसम्म अन्तरबैंक ब्याजदर भने बढेर ४.९८ प्रतिशत पुगेको छ। गत पुस १ गते अन्तरबैंक ब्याजदर ४.८६ प्रतिशत रहेको छ। 

     

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - १६:४७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij