Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

भैरहवाको भीम अस्पतालमा डाक्टर ,नर्ससहित ५१ जना कर्मचारी माग

भैरहवाको भीम अस्पतालमा डाक्टर ,नर्ससहित ५१ जना कर्मचारी माग


  • 5.2K
    Shares

    भैरहवाको भीम अस्पतालमा डाक्टर ,नर्ससहित ५१ जना कर्मचारी माग
    images

    भैरहवा। लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेका भैरहवाको भीम अस्पतालमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले आज सूचना प्रकाशन गरी करारमा नियुक्तिका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको माग गरेको हो ।

    पदपूर्ति तर्फ २० जना र नयाँ नियुक्तितर्फ ३१ जना गरी ५१ जना कर्मचारीको माग गरिएको छ । 

    मेडिकल अफिसरदेखि डेन्टल सर्जन, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोजिष्ट, नर्सिङ्ग अधिकृत, स्टाफ नर्स,कनमी देखि कार्यालय सहयोगीसम्म माग गरिएको छ।
     अस्पताललाई ५० शैय्यामा स्तरोन्ती गरिने भएकाले २०७९ असार मसान्तसम्म करारमा कर्मचारी माग गरिएका प्रदेश स्वास्थ्य मन्त्रालयले भनेको छ।

    सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिक पद अनुसार आवश्यक कागजात सहित आवेदन दिन भनिएको छ ।

    e4166ace46edb6a3761e58616710da8e.jpg

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - १५:५७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij