Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु


  • 6.7K
    Shares

    प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ ।

    उक्त समूहका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा १२ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको एक नेताले बताए ।

    आइतवार बसेको बैठकले गरेका निर्णयहरुमा थप छलफल गर्न आज बैठक बसेको हो । प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि भारततर्फ गएका छन् । 

    आइतवारको बैठकले नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ । आज त्यसै विषयमा छलफल हुने बुझिएको छ ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १२:३९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij