Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पुस अन्तिमदेखि ‘बुस्टर डोज’ खोप दिने सरकारको तयारी

पुस अन्तिमदेखि ‘बुस्टर डोज’ खोप दिने सरकारको तयारी


  • 3.4K
    Shares

    पुस अन्तिमदेखि ‘बुस्टर डोज’ खोप दिने सरकारको तयारी
    images

    काठमाडौं । सरकारले यही पुस अन्तिम सातादेखि कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारी गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ ।

    बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र क्रमशः वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने मन्त्री खतिवडाको भनाइ छ ।

    विश्व स्वास्थ्य संगठनले कुल खोप लगाउने जनसंख्याको ५० प्रतिशतलाई पूर्ण खोप लगाइसकेपछि बुस्टर डोज सुरु गर्न सुझाव दिएको छ । नेपालमा पुस ७ गतेसम्म ४९.१ प्रतिशतले पूर्ण डोज र ६२.५ प्रतिशतले एक डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:०४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij