२०८२ माघ १० गते शनिवार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्राेकर नम्बर ४० अर्थात् क्रियटिभ सेक्युरिटिजलाई निर्देशन दिएकाे छ ।
नेप्सेले आज एक सूचना प्रकाशन गर्दै क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस (३०) कार्य दिनभित्र प्रचलित कानूनमा तोकिए बमोजिम स्तरोन्नती गरी जानकारी गराउन निर्देशन दिएको हाे।
उक्त समयावधी भित्र दिईएको निर्देशन पालना नगरेमा आवश्यक कारवाही गरिने समेत नेप्सेले जनाएकाे छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij