२०८२ भाद्र २ गते सोमवार
विराटनगर। मोरङको लेटाङमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–३ कमलपुरमा दुर्घटना हुँदा २७ वर्षीय जीवन लिम्बूको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार लिम्बू प्रदेश १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए । लेटाङ–कानेपोखरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल खाल्डोमा परेर अनियन्त्रित हुँदा मंगलबार दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २३ वर्षीय अजित लिम्बूको नोबेल अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij