Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 5.0K
    Shares

    झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
    images

    झापा । पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १ ख १९५२ नं को ट्रकले ठक्कर दिँदा सोमबार राति उहाँ घाइते हुनुभएको थियो ।

     घाइते रायको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्युभएको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १६:४६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij