Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

दयाहाङ राईको चलचित्र ‘कबड्डी – ४’ को टिजर सार्वजनिक, बैशाख २३ मा रिलिज हुने

दयाहाङ राईको चलचित्र ‘कबड्डी – ४’ को टिजर सार्वजनिक, बैशाख २३ मा रिलिज हुने


  • 6.9K
    Shares

    दयाहाङ राईको चलचित्र ‘कबड्डी – ४’ को टिजर सार्वजनिक, बैशाख २३ मा रिलिज हुने

    दयाहाङ राईको चलचित्र ‘कबड्डी – ४’ को टिजर सार्वजनिक भएको छ। रामबाबु गुरुङ निर्देशित कबड्डी ४ः द फाइनल म्याचले टिजरसँगै चलचित्र प्रदर्शनको मिति सार्वजनिक गरेको छ।

    बाँसुरी फिल्मस्‌को प्रस्तुतिमा बनेको यो चलचित्रका मुख्य पात्र दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेका छन्।

    यो चलचित्रलाई विशाल गुरुङ, सुस्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले संयुक्त निर्माण गरेका छन्। शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बास्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत रहेको छ।

    चलचित्रलाई निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन्।

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १६:३५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij