Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पछिल्लो २४ घण्टामा २९० कोरोना संक्रमित थपिए, ३ को मृत्यु

पछिल्लो २४ घण्टामा २९० कोरोना संक्रमित थपिए, ३ को मृत्यु


  • 3.1K
    Shares

    पछिल्लो २४ घण्टामा २९० कोरोना संक्रमित थपिए, ३ को मृत्यु
    images

    काठमाडौ‌। नेपालमा पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४ हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १४:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij