Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

१० महिनापछि खुल्ने भयो मुक्तिनाथ मन्दिर

१० महिनापछि खुल्ने भयो मुक्तिनाथ मन्दिर


  • 10.0K
    Shares

    १० महिनापछि खुल्ने भयो मुक्तिनाथ मन्दिर
    images

    पोखरा । धार्मिक पर्यटनको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिर मंगलबार खुल्ने भएको छ । कोभिड संक्रमण खतराका कारण १० महिनादेखि बन्द मन्दिर खुलाउन स्थानीय स्तरमा सबै तयारी भइसकेको छ । 

    प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने निर्णय भएको बताइन्। मन्दिर परिसरमा भक्तजनलाई १ घन्टा मात्र अलमल गर्न दिइनेछ।  

    मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सांसद सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र—१ अन्र्तगतका रानीपौवा, झारकोट र खिंगा गाउँका स्थानीय तथा गाउँ मुखिया र मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीको संयुक्त बैठकले मन्दिर मंगलबारदेखि खोल्ने निर्णय गरेको हो।

    मुक्तिक्षेत्रमा कोभिड १९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गरिनेछ पौडेलले बताइन्। 

    दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पुजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड १९ को जोखिम कम गर्न आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने निर्णय भएको छ। 

    गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले मुक्तिनाथ विकास समितिको पहलमा सरोकारवालाको बैठकले मुक्तिनाथ मन्दिर खोल्ने निर्णय निकै सकारात्मक रहेको बताए। 

    थकालीले सर्वसाधारणलाई आवश्यक सुरक्षा बन्दोबस्तीका साथ दर्शन गर्ने व्यवस्था मिलाइएको जनाए। मन्दिर खोल्नुअघि मुक्तिनाथ मन्दिर क्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षा बन्दोबस्त वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गर्ने भएको छ । 

    मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनले १०८ धारा र कुण्डमा स्नान गर्न रोक लगाइने र भक्तजनले समितिले तोकेका नियममा रही भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्नेछ । दर्शनार्थीले भौतिक दूरी मिचेर फोटो खिच्न नपाउने तथा पूजारी र आनीभुमाबाट टीका ग्रहण गर्न नपाइने भएको छ ।

    मुस्ताङकी जिसस प्रमुृख छिरिङ ल्हामो गुरुङले मुक्तिनाथ धार्मिक तथा अन्य पर्यटनसँग पनि जोडिएकाले मन्दिर खोल्न पहल गरेको बताइन् ।

    मन्दिर जाँदा भक्तजनले माक्स, सेनेटाइजर प्रयोग अनिवार्य लगाउनुपर्नेछ। यस्तै मन्दिरमा दैनिक डिसइन्फेक्सन गर्ने व्यवस्था मिलाइएको छ ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - ११:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij