Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिभिल बैंकको ऋणपत्रमा ७ हजार बढी आवेदन, कति कित्ता खरिदमाग ?

सिभिल बैंकको ऋणपत्रमा ७ हजार बढी आवेदन, कति कित्ता खरिदमाग ?


  • 5.0K
    Shares

    सिभिल बैंकको ऋणपत्रमा ७ हजार बढी आवेदन, कति कित्ता खरिदमाग ?
    images

    सिभिल बैंकले मंसिर २४ गते शुक्रवारदेखि निष्कासन गरेको ऋणपत्रमा ७ हजार बढी आवेदकबाट आवेदन परेको छ । 

    सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार सोमवार साँझ ५ बजेसम्म ७ हजार ३२७ जना आवेदकहरुबाट ४ लाख ५२ हजार १५७ कित्ता खरिद माग भएको हो । 

    कम्पनीले रु. ३ अर्ब बरावरको ३० लाख कित्ता ऋणपत्र खरिदका लागि छिटो अवधि मंसिर २८ गतेसम्म तोकेको थियो । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस ९ गतेसम्म ऋणपत्र विक्रीमा रहने जानकारी कम्पनीले दिएको हो । 

    कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने बताएको छ ।

    सर्वसाधारणको लागि निष्कासन गर्ने कुल १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकीमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । 

    आवेदकले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता का लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने छन् । कम्पनीले १० वर्षे अवधिका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो । कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १२:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij