Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कांग्रेस प्रदेश २: अधिवेशनका लागि जनकपुरमा नेताहरुको जमघट, आज मनोनयन दर्ता हुँदै

कांग्रेस प्रदेश २: अधिवेशनका लागि जनकपुरमा नेताहरुको जमघट, आज मनोनयन दर्ता हुँदै


  • 4.7K
    Shares

    कांग्रेस प्रदेश २: अधिवेशनका लागि जनकपुरमा नेताहरुको जमघट, आज मनोनयन दर्ता हुँदै
    images

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता हुन लागेको छ। कांग्रेसको १४औं महाधिवेशन समापन भइसक्दा प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा आज मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको हो।

    नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनका लागि महाधिवेशनका लागि काठमाडौं पुगेका केन्द्रीय र क्षेत्रिय नेताहरु जनकपुरधाम आइपुगेका छन्।

    प्रदेशको नेतृत्व लिन शेरबहादुर देउवा समूहबाट कृष्णा यादव सभापति पदको लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। रौतहटका कृष्णा यादवलाई सघाउन गृहमन्त्री बालकृष्ण खाण लगायतका नेताहरु जनकपुरधाम छन्।

    विमलेन्द्र निधि पनि सोमबार नै जनकपुर आइपुगेका थिए। निधिले प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादवलाई साथ दिएका छन्। उनलाई समर्थन जनाउन निधिले शेखर कोइराला समूहसँग पनि संवादलाई गरिरहेका छन्। सोमवार साँझ निधि र यादवसँग कोइराला समूहका नेताहरु रामकृष्ण यादव र गुरु घिमिरेले मन्त्री निवासमा छलफल गरेका थिए। छलफलबाट सहकार्यको लागि सैद्धान्तिक सहमति बनेको मन्त्री यादवको दाबी छ।

    ‘सैद्धान्तिक सहमति भइसकेको छ। पद बाँडफाँडलाइ लिएर समस्या देखिएको छ। त्यो पनि केही बेरमै टुंगो लाग्छ’ मन्त्री यादवले भने।

    कोइराला पक्षबाट वार्तामा रहेका रामकृष्ण यादवले पदाधिकारी र सदस्यहरुमा आफ्नो बहुमत हुनुपर्ने माग छलफलमा राखेको जानकारी दिए। यादवले भने,‘उहाँहरु आपसी छलफलमा जुट्नु भएकाले जवाफ प्राप्त भएको छैन। सभापतिमा रामसरोज यादवलाई सघाउन हामी तयार छौ। तर अन्य पदहरुमा हाम्रो पक्षको बहुमत हुनुपर्छ।’

    स्रोतहरुका अनुसार कोइराला समूहले उपसभापति - १, महामन्त्री - १ र सहमहामन्त्री - २ मागेका छन्। तर छलफलमा रहेका नेता निधिले महामन्त्री-१ र सहमहामन्त्री-१ मत्र दिने अडान लिएका छन्।

    प्रदेश २ मा अत्यधिक बलियो रहेका संस्थापन पक्षका उम्मेदवारलाई चुनौती दिन निधिलाई कोइराला समूहको समर्थन अनिवार्य भएको बताइन्छ। तर केन्द्रीय चुनावमा देउवालाई दोस्रो चरणमा सघाएका निधिलाई प्रदेश चुनावमा उनको उम्मेदवार विरुद्ध लाग्न सकस भएको छ।

    दिउँसो मनोनयन

    निर्वाचन समितिले स्थानीय गोपाल धर्मशालामा दिउँसो २ बजे मनोनयन पत्र दर्ताका लागि समय निर्धारण गरेको छ। आज बिहान ८ बजेदेखि नै प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराउन थालेका छन्।

    कांग्रेस धनुषाका सचिव विशेश्वर यादवका अनुसार प्रतिनिधिहरुले नाम दर्ता गराउन २ हजार नगदको रसीद कटाउनु पर्नेछ। प्रतिनिधिहरुलाई भोजनको व्यवस्था गरिए पनि वासको व्यवस्था स्वयम् गर्नुपर्ने धनुषाका उपसभापति सन्तोष यादवले बताए।

    प्रदेश २ का ८ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी १ हजार ९२० जना मतदाता रहेका छन्। यसमा केही केन्द्रीय सदस्यहरु थप हुन सक्ने बताइएको छ।

    मतदानका लागि बुधवार बिहानको समय निर्धारण गरिएको छ।

     


    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १२:५०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij