Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो

भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो


  • 4.6K
    Shares

    भरतपुर अस्पतालमा तीन डाइलासिस मेसिन थपियो
    images

    भरतपुर । भरतपुर अस्पतालले मिर्गौलाको डाइलासिस मेसिन कम भएपछि थप गरेको छ । अस्पतालले तीन वटा मेसिन थप गरी सेवा विस्तार गरेको हो ।
     
     अस्पतालमा यसअघि नौ मेसिनबाट सेवा दिँदै आएकामा तीन थप गरी १२ वटा मेसिनबाट सेवा नियमित दिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार समितिले निर्णय गरेर थप तीन वटा मेसिन खरिद गरी जडान गरिसकिएको छ । पुस १ गतेदेखि नै नयाँ जडान गरिएका मेसिनबाट पनि सेवा सुरु भइसकेको उनले जानकारी दिए।
      
     अस्पतालमा डायलासिस उपचारका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन र परीक्षण शुल्क मिनाहा गर्ने निर्णयसमेत समितिले गरेको छ । रजिस्ट्रेशन शुल्क मिनाहा पाउने बिरामीको डायलासिसको सिलसिलामा ब्लड सुगर, एस क्रिटिनाइन, सिबिसी र सोडियम पोटासिम परीक्षणसमेत निःशुल्क गर्ने निर्णय भएको अधिकारीको भनाइ छ ।
     
     अस्पतालमा मेसिनको सङ्ख्या कम हुँदा बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले मेसिन थप गरी नियमित सेवा दिन थालेपछि बिरामीलाई केही हदसम्म भए पनि सहज भएको बताए । 

     उनले दैनिक चार चरणमा ३५ देखि ४० बिरामीको डाइलासिस गराइरहेको जानकारी दिनुभयो । शनिबार दुई चरणमा डाइलासिस गराउँदै आएको उनको भनाइ छ ।
     
     मिर्गौला डाइलासिस गराउनुपर्ने बिरामीले हप्तामा कम्तीमा एकपटक गराउनैपर्ने र बिरामीको अवस्था हेरी कसैकसैलाई दुईपटक गर्नुपर्ने उनको भनाइ छ । कतिपय बिरामीले निजी अस्पतालमा डाइलासिस गराइरहेका छन् । प्रा डा पौडेलले कतै पनि डाइलासिस गराउन नपाएका बिरामीलाई प्राथमिकता दिएर सेवा दिँदै आएको बताए । कतिपय बिरामीले भरतपुर अस्पतालमा नाम लेखाए पनि निजीमा डाइलासिस गराउँदै आएका छन् ।
     
     पौडेलका अनुसार अधिकांश डाइलासिसका बिरामीले भरतपुर अस्पतालमै सेवा लिन चाहन्छन् । यहाँ आउने सबै बिरामीलाई नियमित सेवा दिनका लागि ४० वटा मेसिन आवश्यक पर्ने उनको भनाइ छ ।

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - १२:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij