पछिल्ला दिनमा अमेरिका र बेलायतसहित युरोपियन मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । ती मुलुकमा नयाँ भेरियन्ट ओमीक्रोनका केस पनि ह्वात्तै बढेका छन् । तर त्यहाँ ओमीक्रोनका कारण नभई यसअघिकै डेल्टा भेरियन्टका कारण कोरोना संक्रमण उच्च भएको देखिएको छ ।
बेलायतमा पछिल्लो सयम दैनिक ९० हजार भन्दा बढी नयाँ संक्रमित फेला परिरहेको छ । त्यसमा २.४ प्रतिशत मात्रै ओमीक्रोन भेरियन्ट देखिएको त्यहाँका स्वास्थ्य निकालयले जानकारी दिएका छन् । अमेरिकामा दैनिक १ लाख नयाँ संक्रमित फेला पर्दा ३ प्रतिशतमा मात्रै ओमीक्रोन संक्रमण देखिएको छ ।
ओमीक्रोन भेरियन्ट पत्ता लागेको दक्षिण अफ्रिकामा भने नयाँ संक्रमण पुष्टि हुने मध्ये ८० प्रतिशतमा ओमीक्रोन संक्रमण देखिएको छ । नेपालमा पनि नयाँ संक्रमित हुने अधिकांशमा डेल्टा भेरियन्ट नै देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
तीब्र गतिमा फैलिएपनि डेल्टाको तुलनामा ओमीक्रोनले गम्भीर बिरामी पार्ने र मृत्यु हुने दर कम देखिएको छ ।
