Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

जापानी अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको होटलबाट खसेर निधन

जापानी अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको होटलबाट खसेर निधन


  • 4.4K
    Shares

    जापानी अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको होटलबाट खसेर निधन
    images

    टोक्यो। चर्चित जापानी अभिनेत्री एवम् संगीतकर्मी कान्डा सायकाको होटलबाट खसेर निधन भएको छ । उनको शनिबार साँझ साप्पोरो होक्काइदोस्थित एक होटलबाट खसेर निधन भएको हो । ३५ वर्षीया कान्डाको मृत्युबारे उनको कार्यालयले आइतबार जानकारी दिएको हो । उनको कार्यालयका अनुसार २२ तले होटलको १४ औं तलामा बसेकी उनी  बसेको फ्लोरमा सामान्य रुपमा चिप्लिएर लडेकी थिइन् ।

    चिप्लिएर घाइते भएकी उनको अस्पताल पुर्‍याउने क्रममा निधन भएको क्योडो न्युजमा खबर छ । कान्डाले आत्महत्या गरेको हो या लडेरै मृत्यु भएको हो भन्नेबारे प्रहरीले सो घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

    कान्डा ७० वर्षीया जापानी अभिनेता मासाकी कान्डा र ५९ वर्षीया सेइको मासुडाकी छोरी हुन् । मृतक कान्डाले चर्चित डिज्नि एनिमेटेड फिल्म ‘फ्रोजन’ मा एन्ना पात्रको रुपमा आवाज दिएकी थिइन् । २० वर्षको उमेरदेखि आफ्नो अभिनय र गायन यात्रा थालनी गरेकी कान्डाले ‘ग्यालेक्सी एक्सप्रेस ९९९’मा अभिनय गर्ने योजना बनाएकी थिइन् ।

     

     
     

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १५:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij