२०८२ मंसिर १२ गते शुक्रवार
सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो ।
त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप–सचूक ऋणात्मक भएका छन् ।
यस दिन कुल २३१ कम्पनीको ५४ करोड ३९ हजार कित्ता सेयर ३७ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
आज गोर्खाज फाइनान्स र हिमालयन डेस्टिलेरीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
यस्तै, कृषि विकास बैंकको ४.९९ प्रतिशत,माहुली सामुदायिक लघुवित्तको ४.५३, शिवश्री हाइड्रोपावरको ४.५३ प्रतिशत र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ४.०४ प्रतिशतले बढेको छ ।
कुनको शेयरमूल्य कति पुग्यो ?

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij