Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एनसेलसँग सहकार्य गर्दै टुटलले आफ्ना राइडरलाई ल्यायो यस्तो सुविधा

एनसेलसँग सहकार्य गर्दै टुटलले आफ्ना राइडरलाई ल्यायो यस्तो सुविधा


  • 4.2K
    Shares

    एनसेलसँग सहकार्य गर्दै टुटलले आफ्ना राइडरलाई ल्यायो यस्तो सुविधा
    images

    राइड शेयरिङ एप टुटलका राइडरले सस्तो मूल्यमा मोबाइल डेटा पाउने भएका छन् । एनसेलसँग सहकार्य गर्दै टुटलले आफ्ना राइडरका लागि यस्तो सुविधा ल्याएको हो ।

    योसँगै टुटलका राइडरले ३५० रुपैयाँमा टुटल राइडर डेटा प्याक खरिद गर्न सक्नेछन् । जसमा ३ जीबी टुटल राइडर डेटा, २ जीबी अलटाइम डेटा, ३०० मिनेट एनसेलबाट एनसेलमा भ्वाइस कल र सय मिनेट एनसेलबाट अन्य नेटवर्कमा कल गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

    यो प्याकेज सामान्य प्याकहरूको तुलनामा टुटल राइडरहरुका लागि ७५ प्रतिशत सस्तो पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले बताए ।

    ‘यसले राइडरलाई निरन्तर रुपमा इन्टरनेटमा जोडिन मद्दत पुग्छ भन्ने हो,’ उनले भने, ‘यो प्याक टुटलका राइडरको हकमा मात्रै लागू हुनेछ । यसको अर्थ जब तपाईंले यो प्याक लिएर टुटलको एप चलाउनुहुन्छ, तब मात्रै यसले काम गर्नेछ ।’

    हुन त अन्य एप तथा वेब प्रयोगका लागि पनि यो प्याकमा २ जीबी अलटाइम डेटासमेत उपलब्ध गराइएको छ । तर, उक्त ३ जीबी डेटा भने टुटलको एप प्रयोगमा मात्रै खपत हुनेछ ।

    भट्टका अनुसार पहिलो चरणमा एनसेलसँगको सहकार्यमा यसको सुरुवात भएतापनि विस्तारै अन्य दूरसञ्चार सेवा प्रदायकबाट पनि राइडलाई प्रोत्साहन गर्ने खालका प्याक प्रस्तुत हुनेछन् ।

    उनले एनसेलसँगको यो सहकार्य दूरसञ्चार क्षेत्र र राइड शेयरिङबीचको पहिलो सहकार्य हो ।  यसले भोलिका दिनमा अझ बढी अवसर सिर्जना गर्दै जाने समेत बताए । यसका साथै आउँदो जनवरी अर्थात नयाँ वर्षसँगै टुटल थप सेवाहरू सहित प्रस्तुत हुने जनाइएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १४:२९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij