Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पठाओ र टुटलमा तपाईंको लोकेसन भेटिएन ? यसरी आफैंले थप्नुहोस्

पठाओ र टुटलमा तपाईंको लोकेसन भेटिएन ? यसरी आफैंले थप्नुहोस्


  • 4.6K
    Shares

    पठाओ र टुटलमा तपाईंको लोकेसन भेटिएन ? यसरी आफैंले थप्नुहोस्
    images

    काठमाडाैं । अहिले काठमाडाैं उपत्यकामा राइड शेयरिङ सेवा लाेकप्रिय बनिरहेकाे छ । व्यस्त दिनचर्यामा यस्ताे सेवाले निकै सहज बनाएकाे छ । 

    तर कहिलेकाहिँ राइड बुक गर्दा खोजेको लोकेसन नभेटेर निकै झन्झट हुने गर्छ । तपाईंले पक्कै पनि यो समस्या झेल्दै आउनुभएको होला ।

    यसका लागि तपाईंले आफैंले पनि राइड शेयरिङ एपलाई थाहा नभएको नयाँ लोकेसन थप्न सक्नुहुन्छ । आज हामी राइड शेयरिङ एप पठाओ र टुटलमा कसरी नयाँ लोकेसन थप्ने भन्नेबारे चर्चा गर्छौं ।  

    पठाओ 

    १. पठाओ एप खोल्नुहोस।

    २. लोकेसन सर्च गर्ने बारलाई माथि सार्नुहोस् ।

    ३. तल देखिएको एड मिसिङ प्लेस टु पठाओ (Add missing place to pathao) म्याप मा जानुहोस् । 

     

    ४. त्यसपछि आफूले थप्न चाहेको लोकेसनको नाम र ठेगाना राख्नुहोस् ।

    ५. त्यस ठेगानाको नजिकको लोकेसन म्यापबाट सेट गर्नुहोस् । 

    ६. नजिकको ठेगानाको क्याटेगोरी छान्नुहोस् ।  त्यसपछि तपाईंले लोकेसन सब्मिट गर्न सक्नुहुन्छ । 

    सब्मिट गरेको लोकेसनलाई पठाओ म्यापले रिभ्यु गरेपछि मात्र आधिकारिकता प्रदान गर्छ । कम्पनीका अनुसार ‘एड’ गरिएको नयाँ लोकेसनको रिभ्यु ‘अप्रुभ’ हुन कम्तिमा ७२ घण्टा लाग्नेछ ।

     

    रिभ्यु गरिएको लोकेसन स्वीकृत भएपछि तपाईंले उक्त लोकेसन सजिलैसँग ‘सर्च डेस्टिनेसन’ भन्ने बारमा पाउन सक्नुहुन्छ ।    

    टुटल 

    अर्को राइड शेयरिङ एप टुटलमा पनि तपाईंले पठाओमा जस्तै नयाँ लोकेसन एड गर्न सक्नुहुन्छ ।  

    १. टुटल एप खोलेर एड न्यु (Add New ) मा जानुहोस् । 

    २. त्यसपछि आफैंले पिन सारेर म्यापमा तपाईंले चाहेको नयाँ लोकेसन सेट गर्न सक्नुहुन्छ ।

    ३. त्यस लोकेसनको क्याटेगाेरी सेट गर्नुहोस् ।  

    ४. सेट गरिसकेपछि सजिलै अर्कोपटक ‘सर्च डेस्टिनेसन’ मा गएर उक्त लोकेसन खोज्न सक्नुहुन्छ ।  

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १४:१२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij