Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

म्याग्दीको दग्‍नाममा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता

म्याग्दीको दग्‍नाममा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता


  • 3.7K
    Shares

    म्याग्दीको दग्‍नाममा पहिरोले पुरिएर स्काभेटरसहित चालक बेपत्ता
    images

    म्याग्दी । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा आज पहिराले चालकसहित स्काभेटर पुरिएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८।५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले स्काभेटर चालक रघुगङ्गा–२ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरामा पुरिएको जानकारी दिनुभयो । “अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ”, उनले भने, “सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो ।” प्रहरी निरीक्षक गुरुङसहितको सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयवासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् । 

    यसैगरी धवलागिरि गाउँपालिका–७ ताकमका अन्दाजी ७७ वर्षका गोरे थापा मृत भेटिएका छन् । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परीक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि आज बिहान ताकम पुगेको छ । सडक छेउमा हिँडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो । 

    प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिँडिरहेका थापा गाडी अगाडि पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुनसक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेजमा, शव परीक्षण प्रतिवेदन र प्रत्यक्षदर्शीको भनाइका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए । 

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १३:४०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij