Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कपाल किन झर्छ ? यस्ता छन् कपाल झर्नाका कारणहरु

कपाल किन झर्छ ? यस्ता छन् कपाल झर्नाका कारणहरु


  • 5.4K
    Shares

    कपाल किन झर्छ ? यस्ता छन् कपाल झर्नाका कारणहरु
    images

    कतिपयको कपाल वंशाणुगत गुणको कारणले झर्छ । तर, अधिकांश मानिसको कपाल भने तनाव र स्ट्रेसका कारण झर्ने गरेको हुन्छ ।

    भिटामिन ए, बी, सी, डी, ई, बी कम्प्लेक्स, आयोडिन, म्याग्नेसियम, कपर, आइरन, फस्फोरस, सिलिकन र पोटासियमको कमी हुँदा पनि कपालमा असर पुग्छ ।कतिपयले अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन् । यसो गर्दा पनि कपालमा समस्या उत्पन्न हुन्छ र झर्न सुरु गर्छ ।

    सुक्खा बनाउन प्रयोग गरिने हेयरड्रायर र अन्य उपकरणको प्रयोगले पनि कपाललाई कमजोर बनाउँछ । फंगल इन्फेक्सनका कारण पनि कपाल झर्न थाल्छ । जाडो या गर्मी दुवै मौसममा फंगल इन्फेक्सन हुन सक्छ ।

    गर्भावस्था, प्रसव, युवा अवस्थामा मानिसको हर्मोनमा परिवर्तन आउन सक्छ । हर्मोन परिवर्तनका कारण पनि कपाल झर्ने गर्दछ । निद्रा नपुग्नु कपाल झर्नुको अर्को कारण हो । निद्रा पूरा नहुँदा इनसोमनिया र नसुन्नेजस्ता रोग लाग्न सक्छ, जसको सीधा असर कपालसम्म पुग्छ ।

    एजेन्सी ।

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १२:४२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij