Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

१७ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

१७ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल आजै


  • 4.7K
    Shares

    १७ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

    नेपाल राष्ट्र बैंकले भोलि (मंगलबार) पुस ६ गते १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।

    केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल चैत ८ गते परिपक्व हुनेछ। 

    त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ साल असार ७ गते परिपक्व हुनेछ। 

    यसैगरी बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ पुस ५ गते परिपक्व हुनेछन्। 

    यी ट्रेजरी बिलको आज पुस ५ दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

    ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - १२:३९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij