Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

सर्लाहीमा ट्रकको ठक्करबाट १ पैदल यात्रुको मृत्यु

सर्लाहीमा ट्रकको ठक्करबाट १ पैदल यात्रुको मृत्यु


  • 3.8K
    Shares

    सर्लाहीमा ट्रकको ठक्करबाट १ पैदल यात्रुको मृत्यु
    images


     सर्लाही । लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले  ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ ।

    मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार  टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई  ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :पौष ५ २०७८ सोमवार - ११:१०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij