२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्कुल अफ इन्जिनियरीङ्ग स्नातक तहको नयाँ भर्नाको लागि आवेदन दिने समय थप गरेको छ । पस ५ गते सम्म समय तोकिएकोमा पुस २३ सम्मका लागि आवेदन दिने समय थप गरेको हो ।
स्कुल अफ इन्जिनियरीङ्ग स्नातक तहको सम्पूर्ण कार्यक्रमहरुमा पूर्णशूल्क अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि अनलाइन दरखास्त फारम भर्नका लागि समय थप गरिएको जनाएको छ ।
साथै पुस २३ गते भित्र अनलाइन आवेदन दिएका विद्यार्थीहरुको प्रवेश परीक्षा पुस ३० गते दिउसो १ बजेदेखि ३ बजेसम्म हुने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij