Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पछिल्लो २४ घण्टामा ४२१ कोरोना संक्रमित थपिए, ६३७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ४२१ कोरोना संक्रमित थपिए, ६३७ जना डिस्चार्ज


  • 7.2K
    Shares

    पछिल्लो २४ घण्टामा ४२१  कोरोना  संक्रमित थपिए, ६३७ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित छन् ।

    गत २४ घण्टामा ५ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ४ सय २१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ४८ हजार ५ सय २ पुगेको छ। 

    शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। 

    गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।      
     

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १६:३६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij