Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • 3.3K
    Shares

    बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
    images

    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १६:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij