Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

३० प्रतिशत लाभांश घोषणा गरेको छिमेक लघुवित्तले बोलायो साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?

३० प्रतिशत लाभांश घोषणा गरेको छिमेक लघुवित्तले बोलायो साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?


  • 5.6K
    Shares

    ३० प्रतिशत लाभांश घोषणा गरेको छिमेक लघुवित्तले बोलायो साधारण सभा, कहिले गर्दैछ बुक क्लोज ?
    images
    काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा २३ पुसमा हुने भएको छ  । ३० प्रतिशत लाभांश पारित गर्न लघुवित्तको सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजे सुरु हुने भएको छ ।
     
    सभामा लघुवित्तले २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, लघुवित्तले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
     
     कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । यस्तै,
    गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।
     
    लघुवित्तले सभा प्रयोजनका लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्नेछन ।

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - ११:४१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij