Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमितको मृत्यु


  • 3.5K
    Shares

    कोरोना सङ्क्रमितको मृत्यु
    images

    बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै  मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको  जिल्ला अस्पतालमा मृत्यु भएको हो।
      
    बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको  जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो ।

     कोभिसिल्डको दुवैमात्रा  लगाएका ती वृद्धाको  कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । कृत्रिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ ।  यससंँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  जिल्लामा हाल तीन जनामात्रै सक्रिय सङ्क्रमित छन् । 

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - १०:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij