Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

६७ देशबाट आउने यात्रु क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित

६७ देशबाट आउने यात्रु क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित


  • 4.8K
    Shares

    ६७ देशबाट आउने यात्रु क्वारेन्टिन बस्नुपर्ने निर्णय स्थगित
    images

    सरकारले कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको जोखिम रहेको भन्दै ६७ देशबाट आउने यात्रुलाई गरिएको कडाइ फुकुवा गरेको छ । अध्यागमन विभागले शुक्रबार सूचना जारी गरी ती देशबाट नेपाल आउने यात्रुले अनिवार्य आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने जनाएको थियो तर उक्त निर्णय गरेको २४ घण्टा नबित्दै खारेज गरेको छ । 

    यसअघि अध्यागमन विभागले जारी गरेको सूचना अनुसार ७ दिन क्वारेन्टिन बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने भनिएको थियो ।  रिपोर्ट नेगेटिभ आए घरमा गएर ७ दिन क्वारेन्टिन बस्ने गरी पठाइने व्यवस्था गरिएको थियो तर अहिले उक्त निर्णय खारेज भएपछि क्वारेन्टिन बस्न नपर्ने भएको छ । 
    अध्यागमन विभागले अर्काे सूचना जारी नहुञ्जेल क्वारेन्टिन बस्न पर्ने व्यवस्था कार्यान्वयन गर्न नपर्ने जनाएको छ । 

    b62f66a1fe1edd233a7e280533a08451.jpg

    प्रकाशित मिति :पौष ३ २०७८ शनिवार - १५:१५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij