२०८२ मंसिर १२ गते शुक्रवार
महुली लघुवित्त वित्तीय संस्थाले आइतबारदेखि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ हजार ५ सय कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।
उक्त शेयर खरिद गर्ने चाहनेइच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी पुस ११ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम ५ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij