Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ह्वात्तै किन बढ्यो राजीनामा दिने शिक्षकहरूको संख्या ?

ह्वात्तै किन बढ्यो राजीनामा दिने शिक्षकहरूको संख्या ?


  • 8.5K
    Shares

    • images
    ह्वात्तै  किन बढ्यो राजीनामा दिने शिक्षकहरूको संख्या ?
    images

    यो वर्ष राजीनामा दिने शिक्षकहरुको संख्या निकै बढेको देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐन र शिक्षा ऐन पालना गर्न गराउन निर्वाचन आयोगको निर्देशन र सर्वोच्च अदालतको आदेश आएपछि राजीनामा गर्ने शिक्षकको संख्या बढेको जानकारहरुको दाबी छ ।

    हिजोआज दैनिक २५ देखि ३० जना शिक्षकको राजीनामा आएको राष्ट्रिय किताबखाना ९शिक्षक० कार्यालयले जनाएको छ । कार्यालयमा दैनिक ४० देखि ५० निवेदन दर्ता हुने गरेकामा २५ देखि ३० वटा निवेदन शिक्षक राजीनामाको हुने गरेको राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले बताए ।

    ‘निर्वाचन आयोग र सर्वोच्चले कडाइ गर्न थालेपछि राजनीतिमा सक्रिय शिक्षकहरुले जागिर छोडेर राजनीतिक रोजिरहेको पाइन्छ’ उनले भने । शिक्षासम्बन्धी ऐनले शिक्षकहरुलाई दलमा आवद्ध भई सक्रिय राजनीति गर्न रोक लगाएको छ ।

    तर पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलको महाधिवेशन हुँदा धेरै शिक्षकहरु दलको विभिन्न तहको कार्यसमितिमा निर्वाचित हुनुका साथै र महाधिवेशन प्रतिनिधि बनेका थिए ।

    शिक्षकहरु कांग्रेसको महाधिवेशन प्रतिनिधि भएको विषयलाई लिएर दायर भएको एक रिटमाथि सर्वोच्च अदालतले हालै शिक्षकहरुलाई दलको कार्यसमितिमा बस्न र महाधिवेशन प्रतिनिधि बन्न रोक लगाउने गरी अन्तरिम आदेश दिएको थियो ।

    धेरै वर्ष अध्यापन गराइसकेका कतिपय शिक्षकले भने स्थानीय तहहरुले दिएको प्रोत्साहन भत्ताका कारण पनि जागीर छोडेका छन् । केही स्थानीय तहहरुले जागीर छोड्न चाहने शिक्षकहरुलाई ‘गोल्डेन ह्यान्ड सेक’ दिइरहेका छन् ।

    शिक्षा विभागले दरबन्दी मिलानका क्रममा टाढा सरुवा हुने भयले पनि कतिपय शिक्षकले राजीनामा दिएका खकुरेल बताउँछन् । दरबन्दी मिलान गर्दा आफ्नो पालिकाबाट अर्को पालिकामा अथवा अर्को जिल्लामा सरुवा डरले पनि जागीरबाट राजीनामा दिने क्रम बढेको उनको भनाइ छ ।

    ‘पेन्सन भइसकेको जागिर छ । अर्को पालिका अथवा जिल्लामा गएर के दुख गर्नु भन्ने मानसिकताका कारण पनि राजीनामा दिएको पाइयो’ उनले भने ।

    यो वर्ष अनिवार्य अवकाश हुनुपर्ने शिक्षक संख्या करिब २७ सय रहेको छ । तर पछिल्लो ६ महिनामा नै अवकाश लिनेको संख्या २७ सय नाघेको महानिर्देशक खकुरेलले जानकारी दिए ।

    कतिपय शिक्षकले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने तयारीका लागि अहिले नै राजीनामा दिएको हुन सक्ने कार्यालयका कर्मचारीहरु बताउँछन् ।

    निर्वाचन आयोग तथा सर्वोच्च र पाटन उच्च अदालतको आदेश, शिक्षा निकायको निर्देशन एवं सर्वसाधारणबाट समेत विरोधका कारण सक्रिय राजनीति नै छनोट गर्ने शिक्षकहरूमा नैतिक दबाब बढेको हो ।

    फलतः पछिल्लो दुई सातामा साढे तीन सयभन्दा बढी शिक्षकले राजीनामा दिएका छन् । धेरैजसो शिक्षकको राजीनामा राजनीतिमै लाग्नका लागि रहेको पाइएको छ ।

    राष्ट्रिय किताबखाना (शिक्षक)का महानिर्देशक रामराज खकुरेलले राजीनामा सनाखतका क्रममा कतिपय शिक्षकले केही समयपछि स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसमा उम्मेदवारी दिन अहिलेदेखि नै तयारी गर्न राजीनामा दिएको पनि बताएको जनाउनुभयो । “राजनीतिक दलको महाधिवेशन प्रतिनिधि बनेका वा विभिन्न पदमा उम्मेदवारी दिएका कतिपय शिक्षकले सेवाबाट राजीनामा दिएर इमानदारी देखाए ।

    उनीहरूले सक्रिय राजनीति नै रोजेका छन् ।” बितेको दुई सातामा निवृत्तिभरणका लागि ३६७ जना, उपदानका लागि २५ जना र प्राविधिक ग्रेड कायम गर्न ७७ जना गरी ५०७ जना शिक्षकले आवेदन दिएका छन् । (न्यूज भण्डार)

    प्रकाशित मिति :पौष २ २०७८ शुक्रवार - १४:१३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij