२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ ।
राजधानीको विभिन्न कलेजबाट निश्किएर माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरु नारावाजी गर्दै कार्की ब्याङ्क्वेटसम्म पुगेका थिए । कार्की ब्याङ्क्वेटमा पुगेर अनेरास्ववियूको भेला सुरु भएको छ ।
बरमहलको कार्की व्याङकेटमा कार्यकर्ता भेला सुरु हुनुअघि युवाहरुले मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गरेका हुन्। उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
मोटरसाइकल र्यालीमा सहभागी कतिपय युवाहरुले हेल्मेट नलगाएको देखिन्थ्यो । भेलामा ओलीसहित समूहका अन्य उच्च नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । उक्त सम्बोधनका क्रममा ओलीले उखान टुक्काहरुमार्फत प्रचण्ड–नेपाल समूहलाई कटाक्ष गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij