२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.९५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij