Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

अमेरिकामा ओमीक्रोन व्यापकरुपमा फैलिएको राष्ट्रपति बाइडेनको आशंका

अमेरिकामा ओमीक्रोन व्यापकरुपमा फैलिएको राष्ट्रपति बाइडेनको आशंका


  • 3.4K
    Shares

    अमेरिकामा ओमीक्रोन व्यापकरुपमा फैलिएको राष्ट्रपति बाइडेनको आशंका
    images

    अमेरिका । अमेरिकामा लगातार कोरोना संक्रमण बढेकोमा राष्ट्रपति जो बाइडेनले चिन्ता व्यक्त गरेका छन् । महामारीका विषयमा छलफल गर्न विज्ञ चिकित्सकसँग भएको बैठकमा बाइडेनले अवस्था गम्भीर बन्न सक्ने भन्दै चेतावनी दिएका हुन्। 

    यो जाडो याममा खोप नलगाउने व्यक्तिलाई कोभिड–१९ संक्रमणले गम्भीर बिरामी पार्नसक्ने उनले बताए । राष्ट्रपति बाइडेन देशमा ओमीक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएको हुनसक्ने आशंका व्यक्त गरे ।

    अ‍ेमीक्रोन भेरियन्टको जोखिमबाट देशलाई बचाउन सरकारका तर्फबाट सबै प्रकारका तयारी भएको बाइडेनले जानकारी दिए । कोभिड–१९ विरुद्ध खोपको बुस्टर डोज दिइरहेको र यात्रामा समेत प्रतिबन्ध लगाइएको उनले स्मरण गराए । 

    अहिले अमेरिकामा दैनिक १ लाख भन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् । 

    प्रकाशित मिति :पौष २ २०७८ शुक्रवार - ११:००:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij