२०८२ मंसिर ७ गते आइतवार
काठमाडौँ । थपाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शनिवार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् ।
नर्भिक अस्पतालको युरोलोजी टीमले विशेष ओपीडी निःशुल्क सञ्चालन गर्न लागेको हो ।
शनिवार (भोलि) १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपीडीमा युरोसर्जरी विशेषज्ञ डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले निःशुल्क सेवा दिनेछन् । उनीहरू नेतृत्वको युरोलोजी टीम नै निःशुल्क ओपीडीमा उपलब्ध हुने अस्पतालले जनाएको छ ।
मृगौला, मुत्र प्रणाली, पिसाब थैली, प्रोस्टेट तथा पत्थरीसम्बन्धी समस्या भएकाहरूले युरोलोजी टीमको निःशुल्क ओपीडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडीमा सहभागी हुने कुनै बिरामीको सर्जरीको आवश्यकता देखिएमा सहुलियत दर समेत उपलब्ध गराइने बताइएको छ ।
यस्तै नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा नर्भिकको डाइजेस्टिभ डिजिज सेन्टरका प्रमुख डा. सन्दीपराज कुँवरले समेत शनिवार नै निःशुल्क ओपीडी सञ्चालन गर्नेछन् । पेट तथा आन्द्रा वा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका बिरामीले डा. कुँवरको निःशुल्क ओपीडीबाट लाभ लिन सक्नेछन् ।
डा. कुँवरले पनि बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपीडी सेवा दिनेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपीडी सेवालाई सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण रहेको छ ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij