Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कहिले खुल्छ निमावि र प्रावि तहको विज्ञापन ?

कहिले खुल्छ निमावि र प्रावि तहको विज्ञापन ?


  • 20.0K
    Shares

    • images
    कहिले खुल्छ निमावि र प्रावि तहको विज्ञापन ?
    images

    शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशित गरेको छ ।

    आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो ।

    अर्को सातासम्म क्रमशः नि.मा.वि र प्रा.वि.तहको पनि विज्ञापन खुलाइने उनले बताए । उनका अनुसार अनलाइनबाट पहिलो पटक दरखास्त संकलन गर्न लागिएकाले मा.वि, नि.मा.वि र प्रा.विको एकै दिन विज्ञापन गर्न सकिएन । २/४ दिनको फरकमा तीनै तहको विज्ञापन गर्ने कार्ययोजना छ ।

    आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । २ अंक भारका ५० वटा प्रश्नको सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने प्रतिस्पर्धीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    सामान्य परीक्षाको प्राप्ताङ्कको ५० प्रतिशत अंक विषयगतमा जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यसमा सफल हुने मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । 

    माध्यमिक तहको परीक्षा चैत १५ मा सुरु हुन्छ । आगामी असोज र कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ ।

    अनिवार्य र स्वैच्छिक अवकाशका कारण हरेक वर्ष शिक्षक दरबन्दी रिक्त हुने गर्छ । यसअघि २०७४/७५ मा विज्ञापन खुलेको थियो । (वेबटिभी खबर)

    प्रकाशित मिति :पौष १ २०७८ बिहिवार - १४:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij